सागका दोहोरो स्वर्ण विजेता मण्डेकाजी नगद सहित सम्मानित

काठमाडौं (खेलदैनिक) । गत वर्ष घरमै सम्पन्न १३औ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि एक्लै दुई स्वर्ण जित्न सफल कराते खेलाडी मण्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको छ ।

१३औं सागमा नेपाललाई पहिलो स्वर्ण पदक समेत जिताएका श्रेष्ठलाई ललितपुर स्थित होटल भिभान्तामा एक अनौपचारिक कार्यक्रमका बीच नगद पाँच लाखसहित सम्मान गरिएको हो ।

धादिङ जिल्ला फुटवल संघका अध्यक्ष दिपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका सञ्चालक गुड विल बिल्डर्सका सिओ, कराँतेका पुर्व राष्ट्रिय खेलाडी रबि महर्जनको व्यवस्थापनमा भएको सो कार्यक्रममा राष्ट्रिय युवा संघ, नेपालका नेता रमेश आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गजुरियो कराँतेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टीलका सिइओ रोशिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोल को पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...