नेपाली कराते टोली भारत जाँदै

काठमाडौं (खेलदैनिक) । चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार भारतको विषाखापट्नम जाँदै छ ।

जनवरी ३१ देखि फेब्रुअरी २ तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम पोखरेल, नानुमाया राई, लक्ष्मी तामाङ, जेशिका खत्री, भक्तबहादुर थापा मगर र टासी छिरिङ लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...