कराँतेमा अनुपमालाई ‘डेब्यु’ स्वर्ण

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) को कराँतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छिन् । ६८ केजी तौल समुहमा अनुपमाले पाकिस्तानकी नगरिसलाई ६–३ ले पराजित गरिन् ।

रोचक कुरा त अनुपमाको यो डेब्यु सागको स्वर्ण थियो । त्यहिमाथि उनले पराजित गरेकी पाकिस्तानी प्रतिद्वन्द्वी एसियन गेम्समा काँस्य पदक विजेता समेत थिईन् ।

(तस्विर: अनलाईनखबर)


प्रतिक्रिया दिनुहोस

Loading...