१३औं साग : कराँते महिला टिम कातामा नेपाललाई गोल्ड

काठमाडौं (खेलदैनिक) । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जित्न सफल भएको छ । नेपालका लागि निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले घरेलु टोलीलाई स्वर्ण दिलाएका हुन् ।

स्वर्ण जित्ने क्रममा नेपालको स्कोर समग्रमा २४.८८ रह्यो । उता रजतमा चित्त बुझाएको पाकिस्तानको २३.३ अंक बनाएको छ ।

(तस्विर : अनलाईनखबर)


प्रतिक्रिया दिनुहोस

Loading...