१३औं साग : चञ्चलालाई रजत पदक

काठमाडौं (खेलदैनिक) । नेपालकी चञ्चला दनुवारले १३ औ दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा रजत पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासंग ४२–२५ ले पराजित भइन् ।

यस अघि पहिलो चरणमा आफ्नो समुहमा रहेका बंगलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउदै चञ्चला फाइनलमा प्रबेश गरेकी हुन् । सो स्पर्धामा बंगलादेशकी अख्तर र श्रीलंकाकी हेटश िआराची लागेले काश्य पदक जितिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...