कराते टोली मलेसिया प्रस्थान

बीसौं अन्तर्राष्ट्रिय मिलो करातेमा भाग लिन जाने नेपाली कराते टोली ।

काठमाडौं (खेलदैनिक) । बीसौं अन्तर्राष्ट्रिय मिलो कराते च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।

जुलाई ६ र ७ तारिखमा हुने प्रतियोगितामा ४ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ८३ केजी मुनि र एकल कातामा रणदीप गोल, ६३ केजीमुनि अजय मगर, ६० केजीमुनि र एकल कातामा कमल दर्जी र ५५ केजीमुनि सुजन विश्वकर्माले प्रतिस्पर्धा गर्नेछन् । टोली प्रमुखमा अन्तर्राष्ट्रिय मार्सल आर्ट संघका अध्यक्ष प्रकाश श्रेष्ठ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...