सिमोन अस्ट्रेलिया जाँदै

भीकेएल सुकोकाइ कराते कपमा सहभागी हुने सिमोन खत्री (बायाँ) लाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सदस्य–सचिव केशवकुमार विष्ट ।

काठमाडौं (खेलदैनिक) । भीकेएल सुकोकाइ कप कराते खुला च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सिमोन खत्री शुक्रबार अस्ट्रेलियाको मेलबर्न जाँदै छन् ।

जुन १६ तारिखमा मेलबर्नस्थित ग्लोरिया पाइक नेटबल कम्प्लेक्समा हुने प्रतियोगितामा सिमोनले पुरुष ८४ केजी तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । आफ्नो खेल करियरमा सिमोनले भारत, मलेसिया, श्रीलंका, जर्मनी, फिलिपन्स र जोर्डनमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेका छन् ।

सिमोनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...