माउन्ट ग्लोरी च्याम्पियन

काठमाडौं (खेलदैनिक) माउन्ट ग्लोरी तेश्रो अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन् । माउन्ट ग्लोरीले १० स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो ।

लैनचौर शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा ८ स्वर्ण, २ रजत र ८ कांस्यसाथ भारत दोश्रो तथा ६ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ न्यु लिरा तेश्रो स्थानमा रहे ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा सिपेश चौधरी तथा महिलामा सम्पदा बाँस्तोला उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...