युएसएका मुख्य प्रशिक्षक निसुमुरा नेपालमा

युएसए वादोरियो करातेका प्रमुख प्रशिक्षक सोजी निसुमुरा (बीच) । साथमा वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी (बायाँ) र अन्तर्राष्ट्रिय पदक विजेता सिमोन खत्री ।

काठमाडौं (खेलदैनिक) । नेपाल वादोरियो कराते डो संघको निमन्त्रणामा युएसए वादोरियो करातेका प्रमुख प्रशिक्षक सोजी निसुमुरा आइतबार नेपाल आएका छन् ।

वादोरियो कराते डो संघको आयोजनामा हुने चौथो अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगिता तथा चौथो अन्तर्राष्ट्रिय कराते विशेष प्रशिक्षणका लागि निसुमुरा नेपाल आएका हुन् ।

प्रतियोगिता जेठ १४ र १५ गते तथा विशेष प्रशिक्षण जेठ १३ गते बसुन्धारास्थित यती पार्टी प्यालेसमा हुँदैछ । प्रशिक्षणमा विभिन्न राष्ट्रका ७५ जनाको सहभागिता रहने वादोरियो कराते संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जनाएका छन् ।

निसुमुरालाई वादोरियो कराते संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...