एकै परिवारका तीन खेलाडी सम्मानित

काठमाडौं युरो स्कुलबाट सम्मानितहरु बायाँबाट शिवा भण्डारी, आर्यमन भण्डारी र आरती भण्डारी ।

काठमाडौं (खेलदैनिक) । काठमाडौं युरो स्कुल, गोंगबु, बानियाँटारले पदक विजेता खेलाडीत्रय आर्यमन भण्डारी, शिवा भण्डारी र आरती भण्डारीलाई सोमबार सम्मान गरेको छ ।

तीनै खेलाडीले गत बैशाखमा ललितपुरमा भएको प्रथम वडा अध्यक्ष खुला राष्ट्रिय कराते प्रतियोगिताको आ–आफ्नो स्पर्धामा स्वर्ण जितेका थिए । तीनै खेलाडीले युरो स्कुलका कराते खेलाडीलाई प्रशिक्षण पनि दिइरहेका छन् ।

एकै परिवारका उनीहरुलाई टोखा नगरपालिका वडा ८ का अध्यक्ष केशवबहादुर खत्री, युरो स्कुल निर्देशक राजन कार्कीलगायतले एक कार्यक्रमका बीच सम्मान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...