लिटिल क्लाइम्बस च्याम्पियन

काठमाडौं (खेलदैनिक) । लिटिल क्लाइम्बस दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको स्कुलतर्फ शुक्रबार च्याम्पियन बनेको छ । क्लाइम्बसले १० स्वर्ण, १ रजत र ५ कांस्य जित्यो ।

दोश्रो भएको क्यामेलिया स्कुलले ३ स्वर्ण, ८ रजत र २ कांस्य हात पार्यो । तेश्रो स्थानको इलिम्स किड्स एकेडेमीले ३ स्वर्ण, ६ रजत र १० कांस्य प्राप्त गर्यो ।

नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजो क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुषमा क्यामेलियाका आर्यन रन्जित तथा महिलामा क्लाइम्बसकी सम्पदा बाँस्तोला उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको हामा ग्रुप अफ इन्डस्ट्रिजका बालाकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...