नेपाली कराते टोली मलेसिया जाँदै

मलेसिया जाने कराते टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । सोह्रौं ओकिनावा गोजुरियो कराते खुला अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ ।

मे १ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा हीरादेवी राई, सविन श्रेष्ठ, कमल चौधरी, समुन्द्र सिंह, संगम नेपाली, युजिन गुरुङ र ईश्वर विकले प्रतिस्पर्धा गर्ने छन् ।

टोली नेतामा नेपाल रेन्बुकाइ कराते डो संघ अध्यक्ष रेशमलाल लामा, व्यवस्थापकमा प्रेमबहादुर घर्ती, प्रशिक्षकमा कमरुद्दिन अली, अफिसियलमा टेकप्रसाद कट्टेल, अनिता परियार र मनोजकुमार राणा, रिपोर्टरमा पुष्पा खनाल तथा अभिभावकमा अब्दुल हक मुसलमान रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...