मेयर कप कराते शुक्रबारदेखि

?प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराते बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । नेपाल सिन क्योकुसिन कराते संघ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलमा हुनेछ । सोही दौरान पाँचौं उपत्यकाव्यापी सिन क्योकुसिन कराते प्रतियोगिता पनि हुनेछ । पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा नै भिडन्त हुनेछ ।

दुवै प्रतियोगितामा गरी १ सय ६० खेलाडी सहभागी हुने प्रमुख गुरुङले जानकारी दिए । दुवै प्रतियोगिताका दौरान रेफ्री सेमिनार र डान परीक्षा पनि जापानका जेबी सुजुतोले सञ्चालन गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...