नेदरल्याण्डमा सुस्मिलाई कांस्य

२९ औं ओपन युरोपियन करातेकी कांस्य विजेता सुस्मि श्रेष्ठ ।

काठमाडौं (खेलदैनिक) । नेपालकी सुस्मि श्रेष्ठले २९ औं ओपन युरोपियन कराते च्याम्पियनसिपमा कांस्य जितेकी छन् । सुस्मिले महिला ६५ केजीमा कांस्य जितेको नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जनाएका छन् ।

नेदरल्याण्डको हेगमा भएको प्रतियोगितामा सुस्मि होल्यान्डकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा बेल्जियमकी खेलाडीसंग अंक आधारमा चुकेपछि सुस्मि कांस्यमै सीमित भइन् ।

प्रतियोगितामा प्रमुख प्रशिक्षक सुवेदीले निर्णायकको भूमिका समेत निर्वाह गरेको बताइएको छ । प्रतियोगिता मार्च १६ र १७ तारिखमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...