भारतमा ६ स्वर्ण जित्दै नेपाल टिम च्याम्पियन

क्योकुसिन खुला करातेमा टिम च्याम्पियन बन्न सफल नेपाली टोली ।

काठमाडौं (खेलदैनिक) । भारतको मुम्बइमा सम्पन्न क्योकुसिन खुला करातेमा नेपाली खेलाडीहरुले ६ स्वर्ण जितेका छन् । स्वर्ण बाहेक ३ रजत र १ कांस्य जितेको नेपाल टिम च्याम्पियन समेत बन्न सफल भएको आईएफकेके नेपालका ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।

पुरुष ५० केजीमा आङ निमा शेर्पा, ५५ केजीमा दीपेन्द्र क्षेत्री, ६५ केजीमा विकास गुरुङ तथा खुला कातामा सुनील नगरकोटीले नेपाललाई स्वर्ण दिलाए । बाँकी स्वर्ण महिला ५५ केजीमा शान्ति थापा मगर तथा खुलामा मन्जु विकले जिते ।

रजत विजेतामा पुरुष खुलामा सनी सिंह, पुरुष ६५ केजीमा हरि दनुवार र पुरुष जुनियर कातामा दीपेन्द्र क्षेत्री रहेका छन् । पुरुष ६५ केजीमा सुनील नगरकोटीले थप एक कांस्य हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...