भारतको पश्चिम बंगालमा मन्जुलाई स्वर्ण

अन्तर्राष्ट्रिय क्योकुसिन फुल कन्ट्याक्ट करातेकी स्वर्ण विजेता मन्जु विक ।

काठमाडौं (खेलदैनिक) । नेपाली खेलाडी मन्जु विकले भारतको पश्चिम बंगालमा भएको अन्तर्राष्ट्रिय क्योकुसिन फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेकी छन् ।

मन्जुले महिला खुला तौलसमूहमा स्वर्ण जितेको इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान (आईएफकेके) नेपाल एसोसिएसनका ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...