कराते टोली भारत प्रस्थान

क्योकुसिन करातो टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको पश्चिम बंगाल प्रस्थान गरेको छ ।

डिसेम्बर २९ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमुनि रमेश दनुवार र गोपाललाल सिंहले प्रतिस्पर्धा गर्नेछन् । महिला खुला तौलसमूहमा मन्जु विकले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।

अफिसियलमा रेवती सापकोटा र मिनबहादुर गुरुङ रहेका छन् । टोलीलाई अन्तर्राष्ट्रिय फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल एसोसिएसन (आईएफकेके) का कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दामोदर नेपाल र ब्रान्च चिफ प्रेमबहादुर तामाङले एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...