एसिया कप खेल्ने नेपाली टोली भारत प्रस्थान


भारतको मुम्बइ जान लागेको कराते टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । एसिया कप चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भारतको मुम्बइ प्रस्थान गरेको छ ।

डिसेम्बर २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुषमा सुदिन खत्री, अनिश लामा, स्वोनिम मानन्धर र अंकित गुरुङले प्रतिस्पर्धा गर्नेछन् । महिलामा विमला नेपाली, अस्मिता राई, सन्जु देसार र रश्मी पाण्डे छन् । सबै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने राष्ट्रपति रनिङ सिल्ड तथा उपारष्ट्रपति चिल्ड्रेन गेम्सका पदक विजेता हुन् ।

राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने उद्देश्यले प्रतियोगितामा सहभागी गराउन लागेको सानका निर्देशक नवीन उप्रेतीले जनाएका छन् ।

प्रशिक्षकमा रामकृष्ण खड्गी तथा अफिसियलमा तुलसीकुमार महर्जन र विकासविक्रम शाह छन् । टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव केशवकुमार विष्टले मंगलबारै एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...