आयोजक एसकेडियुएनलाई टिम उपाधी

काठमाडौं (खेलदैनिक) । आयोजक नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) ले दोश्रो सोतोकान कराते च्याम्पियनसिप २०७५ को टिम उपाधी उचालेको छ ।

आयोजकले १४ स्वर्ण, ५ रजत र १५ कास्य पदक हात पार्दै उपाधी कब्जा गरेको हो । दोश्रो भएको नेपाल सोतोकान कराते संघले १ स्वर्ण, ८ रजत र ३ कास्य पायो । यस्तै तेश्रो स्थानमा रहेको वल्र्ड सोतोकान कराते महासंघले १ स्वर्ण र ३ कास्य पदक प्राप्त गर्यो ।

बुढानिलकण्ठस्थित संघको आफ्नो कभर्डहलमा भएको प्रतियोगितामा आयोजक एसकेडियुएनका साजन बल पुरुष तर्फ र सिमा राई महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भए ।

एक दिने प्रतियोगितामा विभिन्न जिल्लाका सोतोकान कराते संघ संग सम्वन्धित २ सय खेलाडीहरुले पुरुष तर्फ ९ र महिला तर्फ ८ गरि १७ स्वर्ण पदकको लागि प्रतिस्पर्धा गरेको नेपाल सोतोकान कराते संघका उपाध्यक्ष बद्रि महतले जानकारी गराए ।

काठमाण्डौ क्षेत्र नं. ४ का सांदस तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले उद्घटन गरको प्रतियोगिताका विजयी खेलाडीहरुलाई बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले मेडल र ट्रफी प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...