
स्वर्ण विजेता सरिता श्रेष्ठ ।
काठमडौं (खेलदैनिक) । नेपालकी सरिता श्रेष्ठले भारतको कोलकातामा भएको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जित्न सफल भएकी छिन् ।
सरिताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरका प्रमुख रामकुमार थारुले जनाएका छन् ।