थाइल्याण्डमा कृतिलाई रजत

थाइल्यान्ड ओपन करातेमा रजत जितेकी कृति गौतम पदकसाथ ।

काठमाडौं (खेलदैनिक) । नेपालकी कृति गौतमले थाइल्यान्डको बैंककमा भइरहेको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा शुक्रबार रजत पदक जित्न सफल भएकी छिन् ।

कृतिले महिला ३० केजी तौलसमूहमा रजत जितेको नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका सल्लाकार एवं टिम व्यवस्थापक राम श्रेष्ठले जनाएका छन् ।

थाइल्यान्ड ओपन करातेमा रजत जितेकी कृति गौतम (बायाँबाट तेश्रो) ।

सेमिफाइनलमा कृतिले भारतकी खेलाडीलाई ८–० ले पराजित गरी फाइनलमा प्रवेश गरेकी थिइन् । फाइनलमा कृति उज्वेकिस्तानकी खेलाडी संग १–० को झीनोअन्तरले चुकिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...