मनमोहन स्मृति कराते शनिबार

काठमाडौं (खेलदैनिक) । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो घण्टाघरको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा करिब ३ सय खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जनाएका छन् । पुरुषमा ११ र महिलामा १० स्पर्धा समावेश छन् । एकदिने प्रतियोगिताका खेलहरु पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...