एशियाड खेल्ने कराते टोलीलाई ‘सम्झना’को साथ

पोखरा (खेलदैनिक) । इण्डोनेशियाको जार्कातामा हुने १८ औ यशियाली खेल (एशियाड) मा नेपालका तर्फ बाट सहभागी हुने कराते खोलाडीलाई सम्झना ल्याब्रोरेटरी प्रा.ली. काठमाडौले खेल सामाग्री प्रदान गरको छ ।

उक्त कम्पनीले करिब १ लाख ५० हजार बराबरको खेल सामाग्री खेलाडीहरुलाई प्रदान गरेको हो । कम्पनीका प्रतिनिधी रबी महर्जन र कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले एक कार्यक्रमका त्रिच खेल पोशाक लगायत अन्य आवश्यक सामाग्री वितरण गरेका थिए ।

सो अबसरमा बोल्दै अध्यक्ष गुरुङले एशियाडमा पदको सम्भावना रहेको कराते खेलका लागि निजी संस्थाले सहयोग गर्नु प्रशंसनीय रहेको बताउँदै उनले अहिले पनि सुविधा दिने कुरामा राज्यबाट खेलाडी वञ्चित नै रहेको बताए । उनले जोड दिंदै भने–“खेलाडी संग पदकको कुरा मात्र गर्ने तर सुविधा बाट बञ्चित गर्ने काम भएको छ ।”

अहिले विभिन्न नाममा खेल आयोजना भइरहेको बताउँदै अध्यक्ष गुरुङले ती खेल आयोजना गर्नका लगि मात्र भएको बताए । उनले अगाडी भने– “खेलाडीलाई सुविधा दिनु भन्दा पनि राज्यको ढुकुटी स्वाह पार्ने काम छ ।” उनले १८ औं एशियाडमा पदक ल्याउने खेलाडीलाई पुर्नताजगीका लागि पोखरा भ्रमण गराउने तयारी समेत भइरहेको बताए ।

कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशिक्षण विभाग प्रमुख विद्या मरासिनीले खेलाडीले सुविधा भन्दा पनि आत्मविश्वास र लगनशिलताका साथ खेल्नु पर्ने औल्याए । मरासिनीले भने “अहिले पनि एशियाडमा पदक ल्याउन तिन महिनाको तयारी गर्दै छौं यो समय अवधी भनेको ‘डु अर डाई’ कै स्थिती हो, यतिबेला आत्मविश्वासका साथ मैदानमा उत्रिने नै हो ।”

करातेका मुख्य प्रशिक्षक सोभितराज पर्साइले एशियाडमा जाने कराते टोलीलाई वातावरिणय हिसाबले प्रशिक्षण स्थलको रुपमा पोखरा छनौट गरेको जानकारी गराउँदै प्रशिक्षणका दौरान खेलाडीलाई पोखरामा सोचे भन्दा वढी नै सहयोग प्राप्त भएकोमा आभार प्रकट गरे ।

सम्झाना ल्याव्रोरेटरीका प्रतिनिधी रबी महर्जनले राष्ट्रिय कराते टोलीलाई हौसला स्वरुप केही खेल सामाग्री प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीले जेहेन्दार कराते खेलाडीलाई एकेडेमी मार्फत पूर्ण सुविधा सहित खेल्ने अवसर समेत प्रदान गर्ने जानकारी दिए । रबी महर्जन ८ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक बिजेता समेत हुन ।

एशियाडमा जाने करातेका खेलका ८ जना खेलाडी र २ जना प्रशिक्षक जेठ १ गते बाट पोखरामा प्रशिक्षणमा व्यस्त छन । एशियाडमा जाने खेलाडीमा ५० केजीमा अनु अधिकारी, ६१ केजीमा सुनिता महर्जन, प्लस ६८ केजीमा रिता कार्की, सोनाम लामा ६० केजी, दिवश श्रेष्ठ माइनस ८४ केजी, चंचला दनुवार र परशुराम बास्तोला एकल कातामा रहेका छन भने प्रशिक्षकमा राष्ट्रिय प्रशिक्षक हिरासिंह डंगोल र दिपक श्रेष्ठ छन । उनीहरु अब चाँडै नै बैदेशिक प्रशिक्षणका लागि जाने मुख्य प्रशिक्षक सोभितराज प्रसाईले बताए ।

(तस्विर : सुदर्शन रञ्जित)


प्रतिक्रिया दिनुहोस

Loading...