वादोरियो कराते टोली भारत जाँदै

इमास एसियाली करातेमा सहभागी नेपाली टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । इमास एसियाली खुला कराते प्रतियोगितामा भाग लिन नेपाल वादोरियो कराते डो संघको १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार भारतको राजस्थान जाँदैछ ।

अप्रिल २८ र २९ तारिखमा हुने प्रतियोगितामा चित्रप्रसाद श्रेष्ठले ७५ केजी, निमा तामाङले ५५ केजी, एलोन श्रेष्ठले ५० केजी, कुइसाङ लामाले १३ वर्ष, मिङमार लामाले ९ वर्ष, सुस्मिता वाइबाले ११ वर्ष, साजन दोङले १२ वर्ष, सागर चौलागाईंले ६० केजी, नवराज पुरीले १० वर्ष, युवराज पुरीले १४ वर्ष, रमिता माझीले १५ वर्ष र सुजन मल्लले १५ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको प्रमुख प्रशिक्षकमा नेपाल कराते महासंघका महासचिव समेत रहेका नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी, व्यवस्थापकमा नेत्रबहादुर भुजेल र निर्णायकमा पुरुषोत्तम पोखरेल रहेका छन् । केसी शुक्रबार मात्र जाने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...