सर्वाधिक स्वर्णका साथ काठमाडौं टिम च्याम्पियन

बेलमन्ट राष्ट्रव्यापी कराते उपाधि विजेता काठमाडौं टोली ट्रफी उचाल्दै ।

काठमाडौं (खेलदैनिक) । काठमाडौंले प्रथम बेलमन्ट राष्ट्रव्यापी कराते प्रतियोगितामा सर्वाधिक १३ स्वर्ण पदक जित्दै टिम च्याम्पियनका रुपमा उपाधि जित्न सफल भएको छ । १९ स्पर्धा समावेश प्रतियोगितामा काठमाडौंले सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो ।

सामाखुशी टाउन प्लानिङस्थित बेलमन्ट इन्टरनेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा धादिङ ४ स्वर्ण हात पार्दै दोश्रो भयो । तेश्रो भएको भक्तपुरले २ स्वर्ण प्राप्त गर्यो ।

प्रतियोगितामा विशांक राना मगर र साहारा लामाले दोहोरो स्वर्ण जिते । एकदिने प्रतियोगितामा १ सय ८५ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक विवश घिमिरेले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...