८ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको धनगढीमा सुरु

धनगढी (खेलदैनिक) । बुधबारदेखि धनगढीमा देशकै सर्वाधिक धनराशिको ८ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ ।

सुदुरपश्चिमाञ्चल गोजुरियो कराते दो (युजेनकाई) सघको आयोजनामा सुरु भएको प्रतियोगिताको बुधवार कैलाली क्षेत्र नम्बर ५ का सासद नारदमुनी रानाले उद्घाटन गर्नुभएको छ ।

८ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका उद्घाटन गर्दै रानाले सात नम्बर प्रदेशलाई खेलाडी उत्पादन गर्ने क्षेत्रको रुपमा विकाश गर्ने घोषणा गर्नुभयो । उहाँले त्यसका लागि खेलमैत्री नीति बनाउन पहल गर्ने प्रतिद्धता जनाउनुभयो ।

१२ वर्ष अगाडी आफुले नै सुदुरपश्चिमाञ्चल गोजुरियो कराते दो (युजेनकाई) सघको स्थापना गरेको स्मरण गर्दै रानाले सात नम्बर प्रदेशमा क्षमतावान खेलाडीले अवसर नपाएको बताउनुभयो ।

रानाले सात नम्बर प्रदेशलाई खेलाडी उत्पादन गर्ने क्षेत्रको रुपमा विकाश गर्नका लागि कुनै कसुर बाकी नराख्ने दावी गर्नुभयो । प्रतियोगितामा ेपाल सहित छ देशका करिव पाच सय खेलाडीले प्रतिसपर्धा गर्दैछन ।

नेपालका दुई सय ४३, भारतका एक सय ८०, श्रीलङकाका १९, भुटानका सात, पाकिस्तानका पाच तथा बङगलादेशका नौ गरि चार सय ६३ खेलाडीले ४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकाका लागि प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगितामा प्रथम पुरुस्कार ५१ हजार, दितिय पुरुस्कार ३१ हजार र तृतिय पुरुस्कार २१ हजार राखिएको छ । उक्त पुरुस्कार कराते प्रतियोगितामा देशकै सर्वाधिक रहेको आयोजकको दावी छ ।

नगद पुरुस्कारको राशि १ लाख ३ हजार रहेको प्रतियोगिता सञ्चालनका लागि करिव २३ लाख रुपैया खर्च लाग्ने बताईएको छ । देशकै सर्वाधिक धनराशिको ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगिता विहिवार सम्पन्न हुनेछ ।

प्रतियोगिताका सयोजक तथा गोजुरियो कराते दो (युजेनकाई) सघका केन्द्रिय महासचिव प्रकाश चन्दको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश क का सासद नेपालु चोधरी, कञ्चनपुर १ का प्रदेश सासद तारा लामा तामाङ, नेपाल गोजुरियो कराते डो संघ युजेनकाइका अध्यक्ष गणेश कार्की, नेपाल कराते महासंघका महासचिव केदार बाबु सिबाकोटी, नेपाल खेलकुद महासघका केन्द्रिय उपाध्यक्ष हरक सिह धामी, विभिन्न राजनितीक दलका प्रतिनिधी, सुरक्षानिकायका अधीकृत र खेलकर्मीहरुको उपस्थिति थियो ।

कार्यक्रममा पहिलो कराते महिला च्याम्पियन मिठ्ठु विक, सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता गणेश विक, प्रमुख अतिथि नारद मुनी राना, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश क का सासद चौधरी, कञ्चनपुर १ का प्रदेश सासद तामाङ, नेपाल कराते महासंघका महासचिव सिबाकोटी, नेपाल गोजुरियो कराते डो संघ युजेनकाइका अध्यक्ष कार्की, नेपाल खेलकुद महासघका केन्द्रिय उपाध्यक्ष धामी र शिव नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेश खातीलाई सम्मान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...