८ औ अन्तराष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक ।

धनगढी (खेलदैनिक) । बुधबारदेखि धनगढीमा आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशिको ८ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा भएको छ ।

आयोजक आयोजक सुदुरपश्चिमाञ्चल गोजुरियो कराते दो (युजेनकाई) सघले मगलवार धनगढी रगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगिताका सयोजक तथा गोजुरियो कराते दो (युजेनकाई) सघका केन्द्रिय महासचिव प्रकाश चन्दले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिदै खेलहरु बुधबार विहान १० बजेदेखि नै धनगढी रगशालामा सञ्चालन हुने बताउनुभयो ।

खेलहरु विहान १० बजेदेखि सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सासद नारदमुनी रानाले दिउसो ३ बजे गर्ने चन्दले जानकारी दिनुभयो ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागि हुन नेपाल सहित छ देशका करिव पाच सय खेलाडीहरु धनगढी पुगिसकेका छन । नेपालका दुई सय ४३, भारतका एक सय ८०, श्रीलङकाका १९, भुटानका सात, पाकिस्तानका पाच तथा बङगलादेशका नौ गरि चार सय ६३ खेलाडी प्रतियोगिता खेल्नका लागि धनगढी आई पुगेको चन्दले जानकारी दिनुभयो । उनीहरुलाई धनगढीका विभिन्न होटलहरुमा राखिएको छ ।

खेल सञ्चालन गर्नका लागि अन्तराष्ट्रिय निर्णायक पनि धनगढी पुगिसकेका छन । प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकाका लागि करिव पाच सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन । प्रतिोगितामा प्रथम पुरुस्कार ५१ हजार, दितिय पुरुस्कार ३१ हजार र तृतिय पुरुस्कार २१ हजार राखिएको छ । उक्त पुरुस्कार कराते प्रतियोगितामा देशकै सर्वाधिक रहेको आयोजकको दावी छ ।

नगद पुरुस्कारको राशि १ लाख ३ हजार रहेको प्रतियोगिता सञ्चालनका लागि करिव २३ लाख रुपैया खर्च लाग्ने बताईएको छ । पत्रकार सम्मेलनमा सयोजक तथा गोजुरियो कराते दो (युजेनकाई) सघका केन्द्रिय महासचिव चन्दले खेलकुद क्षेत्रको विकाशका साथै सुदुरपश्चिमको पर्यटन क्षेत्रको विकाशका लागि कराते प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । देशकै सर्वाधिक धनराशिको ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगिता विहिवार सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...