श्रेष्ठ क्यानाडा प्रस्थान, विष्ट अमेरिका जाने

बिदाइपछि दीपक श्रेष्ठ (बायाँ) र दीपक विष्ट (दाँया) तथा सदस्य–सचिव केशवकुमार विष्ट (बीच) का साथमा ।

काठमाडौं (खेलदैनिक) । नेपाली कराँतेका सफल खेलाडी दीपक श्रेष्ठ कराते कोचेज तथा म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन क्यानाडातर्फ प्रस्थान गरेका छन् ।

दक्षिण एसियाली खेलकुद (साग) का दुई स्वर्ण विजेता श्रेष्ठ यहि अगष्ट १८ देखि २२ तारिखसम्म सञ्चालन हुने सेमिनारमा सहभागी हुनेछन् । सेमिनार सकाएपछि श्रेष्ठ अमेरिकाको न्युयोर्क जाने छन् । त्यहाँ श्रेष्ठ नेप्लिज स्पोर्ट्स एन्ड कल्चरल डेभलोप्मेन्ट कमिटीले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछन् । अन्तरक्रियामा नेपाली खेलकुदको विकासका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै नेपालकै सर्वाधिक सफल खेलाडी सागका कीर्तिमानी ४ स्वर्ण विजेता र एसियाली खेलकुदका २ कांँस्य विजेता तेक्वान्दोका दीपक विष्ट युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको पोर्टल्यान्ड जाँदैछन् ।

बैठक अगष्ट १४ तारिखमा हुनेछ । त्यसपछि विष्ट पनि न्युयोर्कमा श्रेष्ठ सहभागी हुन कार्यक्रममा सहभागी हुनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले दुवैलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...