केन्द्रीय डोजो टिम च्याम्पियन

केन्द्रीय डोजो मनमैजुले प्रथम उपत्यकाव्यापी वादोकाई कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । इन्टरनेसनल वादो फेडेरेसन नेपाल (वादोकाई) शाखा डोजो माछापोखरी र त्रिलोक चिल्ड्रेन एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा केन्द्रीय डोजोले ९ स्वर्ण, ७ रजत र ५ कांस्य पदक जित्यो ।

माछापोखरीस्थित नागार्जुन पार्टी प्यालेसमा भएको प्रतियोगितामा ब्रहमास्मी डोजो दोश्रो भयो । ब्रहमास्मीले ४ स्वर्ण र १ रजत हात पा¥यो । ३ स्वर्ण र ५ रजत जितेको नयाँ बजार डोजोले तेश्रो स्थानमा चित्त बुझायो ।

प्रतियोगितामा मनमैजुकी सोनी राई सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषमा माछापोखरीका विकास घर्ती मगर तथा महिलामा मनमैजुकी दिब्या गुरुङ उत्कृष्ट खेलाडी चुनिए । पुरुषमा अद्वितीय स्कुलका अमिस बराम तथा महिलामा थेचो डोजोकी सविता माली उदीयमान खेलाडी ठहरिए । बुङमती डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई अन्तर्राष्ट्रिय वादो महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुदर्शनराज विष्ट, प्रमुख प्रशिक्षक मोहन महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको रक्षा मन्त्री भीमसेनदास प्रधानले उद्घाटन गरेका थिए । एकदिने प्रतियोगितामा विभिन्न २५ डोजोका २ सय ५० खेलाडीले कुमुते र काता गरी विभिन्न २५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...