स्वयम्भू डोजो बन्यो टिम च्याम्पियन

काठमाडौं (खेलदैनिक) । स्वयम्भु डोजो चौथो नागार्जुन कप खुला महिला तथा पुरुष राष्ट्रिय कराँते प्रतियोगितामा टिम च्याम्पियन भएको छ ।

नेपाल शिनक्योकुशिन कराँते माच्छापोखरी डोजोको आयोजनामा टोखा नगरपालिकास्थित जाल्पाचोकमा भएको च्याम्पियनसिपमा स्वयम्भू डोजोले ५ स्वर्ण,४ रजत र १ कांस्य हात पार्दै टिम च्याम्पियनको उपाधि उचाल्यो ।

एक दिने च्याम्पियनसिपमा आयोजक माच्छापोखरी बालाजु डोजोले ३ स्वर्ण, ३ रजत र २ कास्ंय जित्दै दोस्रो भयो । च्याम्पियनसिपमा आयोजककै महिलातर्फ रसिना रिसाल र पुरुषमा सत्तल लामा बेस्ट फाइटर चुनिए । मकवानपुर डोजोले २ स्वर्ण,२ रजत र १ कांस्य जित्दै तेस्रो स्थानमा चित्त बुझायो ।

च्याम्पियनसिपमा पुरुषको फाइटतर्फ ४० केजीमा बालकृष्ण श्रेष्ठले मकवानपुरका अभिवेश प्रजा, ४५केजीमा मिलन घिमिरेले मकवानपुरकै ज्ञानेन्द्र योङहाङ, ५५ केजीमा मिन जर्गामगरले आफ्नै डोजोका सुमन लामा र खुलामा अजय तामाङले माच्छापोखरीका प्रविन गुरुङलाई हराउँदै स्वयम्भू डोजोलाई स्वर्ण दिलाए ।

महिलाको फाइटतर्फ ५० केजीमूनि स्वयम्भूकी रेजिना दर्नालले माच्छापोखरीकी दिपा श्रेष्ठलाई हराउँदै स्वर्ण जितिन् । पुरुषको ३० केजीमूनि आयोजक माच्छापोखरीका प्रज्वल कटुवालले केन्द्रिय डोजोका एलिस बम्जन र २५ केजीमूनि माच्छापोखरीकी सरिन रिसालले स्वयम्भूकी निर्भिक खड्कालाई हराउँदै स्वर्ण जिते ।

पुरुषको फाइटतर्फ ३५ केजीमूनि मकवानपुरका अनिष महर्जनले कान्तिपुर डोजोका निराजन शाही र ५०केजी तौलमा मकवानपुरकै स्रवन प्रजाले माच्छापोखरीका विवेक राईलाई हराउँदै स्वर्ण जिते ।

प्रतियोगितामा विजेता खेलाडीलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुन बहादुर केसी, टोखा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष केशवबहादुर खत्रि, निहारिका शिसुकुञ्जकी प्रिन्सिपल शोभा आचार्य,नेपाल क्योकुशिन कराँते संघका कोषाध्यक्ष एवम् प्रमुख प्रशिक्षक प्रदिप थापालगायतले पुरस्कृत गरे ।

यसअघि प्रतियोगिताको उद्घाटन पुर्व कृषि राज्यमन्त्री राधिका तामाङले गरेकी थिइन् । प्रतियोगिताको फाइटतर्फ पुरुषमा ८ तौल र महिलामा २ तौलसमुह गरी कुल १० तौल समुहमा प्रतिस्पर्धा भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...