प्रसंशा डोजो बन्यो राष्ट्रिय कराँते च्याम्पियन

टिम च्याम्पियन प्रसंशा डोजोका खेलाडी, अफिसियल तथा पदाधिकारीहरु सामूहिक तस्विर खिचाउँदै ।

काठमाडौं (खेलदैनिक) । प्रसंशा डोजो प्रथम मदन भण्डारी बिद्यालयस्तरीय राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा सम्पन्न खेलमा प्रसंशा डोजोले समान ७ स्वर्ण र ७ रजत पदक हात पा¥यो । दोस्रो स्थानमा रहेको लार्के आवासिय माविले पाँच स्वर्ण र ६ रजत जित्यो । तेस्रो स्थानको भानुभक्त उमावीले ४ स्वर्ण र ४ रजत हात पा¥यो ।

त्यसैगरी,छात्रातर्फ ३५ केजीमा स्वर्ण जितेकी धुम्वाराही डोजोकी करुणा राई उत्कृष्ट खेलाडी चुनिइन् ।छात्रतर्फ भने २५ केजी तौलसमूहमा स्वर्ण जितेका भानुभक्तका देवेन्द्र मगर उत्कृष्ट खेलाडी भए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा छात्रतर्फ ३० केजीतौलसमूहमा प्रसंशा डोजोका सरोज ठोकरले स्वर्ण र रामबोका अनिष बस्नेतले रजत, ३५ केजीमा हाम्रो डोजोका सुलन विष्टले स्वर्ण र जिलेट मावीका सेसाङ लिम्बुले रजत पदक जिते ।

यसैगरी,छात्रकै ४५ केजीमा राजिव लिम्बुले स्वर्ण र अंकित भुजेलले रजत,५० केजीमा लार्के डोजोका सुजित मगर र सोही डोजोका रविन थिङले रजत जिते । ५५ केजीतौल समूहमा चिरायू डोजोका उमेश तामाङले स्वर्ण जित्दा जिलेट मावीका शिसिर श्रेष्ठले रजत जिते । ६० केजीमा प्रसंशा डोजोका जेमिन महर्जनले स्वर्ण र लार्के डोजोका निरज अधिकारीले रजत जिते । छात्रकै खुलामा अग्रिम कठायतले स्वर्ण र रोजन तामाङले रजत जित्न सफल भए ।

छात्राको ३० केजीमा प्रसंशा डोजोकी सल्मा खातुनले स्वर्ण र भानुभक्तकी सहारा लामाले रजत,४० केजीमा लार्केकी सुस्मिता तामाङले स्वर्ण र देनिसा छन्त्यालले रजत तथा ४५ केजीमा लार्केकी आशा श्रेष्ठले स्वर्ण र प्रसंशा डोजोकी निरुता रुम्बाले रजत पदक हात पारिन् ।

छात्राकै ५० केजीमा हाम्रो डोजोकी प्रमिला विकले स्वर्ण र प्रसंशा डोजोकी विद्या खड्काले रजत तथा ५५ केजीमा एभिएसकी मुना तामाङ र प्रसंशा डोजो करुणा पाठकले क्रमश स्वर्ण र रजत पदक जिते । छात्राकै खुलामा प्रसंशाकी सोनु लामाले स्वर्ण र हाम्रो डोजोकी अनुजा बस्नेतले रजत पदक जितिन् ।

विजेतालाई मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष सांसद विनोद श्रेष्ठ,राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक महेन्द्र राई र नेपाल कराते महासंघका सचिव ओमकृष्ण प्रसाईलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा छात्रतर्फ १२ र छात्रामा १० स्वर्णका लागि २८ स्कुल तथा डोजोका ३ सय खेलाडिले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...