मदन भण्डारी बिद्यालय स्तरीय राष्ट्रिय कराँते शुरु

काठमाण्डौं महानगर पालिकाका मेयर बिद्यासुन्दर शाक्यद्धारा रेफ्री बिरकृष्ण महर्जनलाई खेल सामाग्री हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गदै ।

काठमाडौं । आरती थापा र इशारा कार्कीले प्रथम मदन भण्डारी बिद्यालय स्तरीय राष्ट्रिय कराँते प्रतियोगितामा आईतवार स्वर्ण जितेका छन् ।

प्रशंसा डोजोकी आरतीले कुमुतेको छात्रा २० केजी तौल समुहमा जिनियसकी सुुहान रानालाई हराउँदै स्वर्ण जितिन् । सो तौलमा सन्ध्या थापा र आइसा थापाले कांस्य जिते । लोक स्कुलकी ंइशाराले छात्रा २५ केजीतौल समुहमा आफ्नै डोजोकी रोशना खड्कालाई हराउँदै स्वर्ण जितीन् ।

सोही तौलमा कुवासा बढुवा र निशा उपाध्यायले काँस्य हात पारिन् । छात्रा एकल कातामा भानुभक्तकी दिलासा थापामगरले स्वर्ण जितिन् । दिलासाले आफ्नै डोजोकी दिपिका थापामगरलाई हराउँदै स्वर्ण जित्न सफल भइन् । भानुभक्तकी कृष्णा दाहाल र अजिना शर्माले संयुक्त रुपमा कांस्य पदक हात पारे ।

राखेप कभर्डहलमा भएको छात्र २० केजीको कुमुतेतर्फ प्रसंसा डोजोका प्रवेश सुवेदीले स्वर्ण जिते । उनले फाइनलमा मोर्डन बोर्डिङका देवसन राईलाई हराए । उक्त तौलमा आयुस भुजेल र अन्जन तामाङले संयुक्त रुपमा कांस्य जिते ।

छात्रतर्फ २५ केजीमा भानुभक्त स्कुलका देवेन्द्र मगरले स्वर्ण र प्रसंसाका डोजोका अजय लामाले रजत हात पारे । सोही तौलमा गोपी सिवाकोटी र आयुष बोगटी कास्य पदकमै सिमित भए । त्यस्तै छात्रको एकल कातामा भानुभक्त स्कुलका इनास राना मगरले स्वर्ण र दिपेन्द्र थापा मगरले रजत पदक जिते ।

भानुभक्तकै मिलन तामाङ र किरण तामाङले कास्य पदक जित्न सफल भए । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा संचालन भएको २ दिने प्रतियोगिताको काठमाण्डौं महानगर पालिकाका मेयर बिद्यासुन्दर शाक्यले रेफ्री बिरकृष्ण महर्जनलाई खेल सामाग्री हस्तान्तरण गदै उद्घाटन गरेका थिए ।

सो अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष सभासद् बिनोद श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा छात्रातर्फ १० स्वर्ण र छात्रतर्फ १२ स्वर्णका लागि २८ स्कुल तथा डोजोका ३ सय खेलाडिले प्रतिस्पर्धा गदैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...