सेक्रेड हर्ट र विजेश्वरी कबड्डी च्याम्पियन

काठमाडौं (खेलदैीनक) । सेक्रेड हर्ट र विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिताको उपाधि जितेका छन् । सेक्रेड हर्ट ब्वाइज तथा विजेश्वरी गल्र्समा पहिलो भए ।

काँडाघारीस्थित आयोजक भीमेश्वर एकेडेमीमा भएको प्रतियोगिताको ब्वाइजमा हर्टल्यान्ड दोश्रो तथा भीमेश्वर र न्यु अरुणोदय तेश्रो भए । गल्र्समा हर्टल्यान्ड दोश्रो भयो भने पारामाउन्ट एकेडेमी र कन्या मन्दिरले संयुक्त रुपमा तेश्रो स्थानमा चित्त बुझाए ।

ब्वाइजमा उत्सव केसी उत्कृष्ट केचर तथा सौगात कार्की उत्कृष्ट रेडर घोषित भए । दुवै आयोजक भीमेश्वरका हुन् । गल्र्समा पारामाउन्टकी कृतिका खड्गी उत्कृष्ट केचर तथा कन्याकी हौस्ला स्थापित उत्कृष्ट रेडर चुनिए ।

विजेतालाई एन प्याब्सनका केन्द्रीय महासचिव सुवास न्यौपाने, भीमेश्वरका प्रिन्सिपल अमृतकुमार खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा २४ र गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...