भिमेश्वर कप : आयोजकको विजयी सुरुआत

भीमेश्वर कप अन्तरविद्यालय कबड्डीमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । आयोजक भीमेश्वर एकेडेमीले प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार विजयी सुरुआत गरेको छ ।

काँडास्थित आफ्नै हातामा भएको खेलमा भीमेश्वरले अंकुरलाई ५५–१३ ले पराजित गर्यो । ब्वाइजमै हर्टल्यान्डले करियरलाई ४९–१२ तथा रिपु मर्दिनीले देश तिलकलाई ५१–१२ ले हराए ।

गल्र्समा पारा माउन्टले मिश्रित प्रदर्शन ग¥यो । कन्य मन्दिरसंग ४४–३४ ले चुकेको पारा माउन्ट रिपु मर्दिनी विरुद्धको खेलमा भने ४७–२५ ले विजयी भयो ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा २४ र गल्र्समा १६ गरी जम्मा ४० टिमको सहभागिता रहेको भीमेश्वरका प्रन्सिपल अमृतकुमार खड्काले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...