भीमेश्वर कप कबड्डी बिहीबारदेखि

भीमेश्वर कप कबड्डी बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । भीमेश्वर एकेडेमीको आयोजनामा प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ २४ र गल्र्समा १६ गरी जम्मा ४० टिमको सहभागिता रहने भीमेश्वरका प्रिन्सिपल अमृतकुमार खड्काले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । तीनदिने प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजककै हातामा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...