बर्दियामा नेपालकै पहिलो कबड्डी एकेडेमी बन्ने

बर्दियामा कबड्डी एकेडेमीको शिलान्यास कार्यक्रमपछि सदस्य–सचिव केशवकुमार विष्टलगायत ।

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले बर्दियामा बन्न लागेको नेपालकै पहिलो कबड्डी एकेडेमीको मंगलबार शिलान्यास गरेका छन् ।

राखेपले बर्दियाको बास्गढी– ४ स्थित मगर गाउँमा रहेको ८ विघा जग्गामा एकेडेमी बनाउन लागेको हो । एकेडेमी बनाउन करिब ५० करोड खर्च लाग्ने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी गराए ।

प्रेस सल्लाहकार दाहालका अनुसार २ वर्षमा निर्माण सम्पन्न गर्न लक्ष्य रहेको छ । तत्कालका लागि आठौं राष्ट्रिय खेलकुदको कबड्डी त्यही गराउने गरी काम अगाडि बढाइने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...