१३औं सागः उसुमा निमाले जितिन स्वर्ण

काठमाडौं (खेलदैनिक) । भारतमा भएको १२औं सागको स्वर्णपदकधारी निमा घर्ती मगरले घरमै जारी १३औं सागमा पनि स्वर्ण पदक जितेकी छिन् । निमाले नान्छवान अलराउण्डमा बिहीबार स्वर्ण पदक जितेकी हुन् ।

सोही स्पर्धामा निमाले स्वर्ण जितिन भने बंगलादेशको खेलाडीले रजत तथा श्रीलंकाकी खेलाडीले काँश्य पदक जिते । यो जितसँगै जारी सागमा नेपालको स्वर्ण पदकको संख्या ३० पुगेको छ ।

(तस्विर : फाइल फोटो गुगल)


प्रतिक्रिया दिनुहोस

Loading...