१३औं सागः उसुमा नेपाललाई दुई स्वर्ण पदक

काठमाडौं (खेलदैनिक) । जारी १३औं सागतर्फ नेपालका लागि उसुमा बिजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण जितेका छन् । आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भईरहेको स्पर्धामा बिजय र सुस्मिताले थाउलोतर्फ स्वर्ण जितेका हुन् ।

बिजयले पुरुषतर्फ तथा सुस्मिताले महिलातर्फ नेपालका लागि थप दुई स्वर्ण जितेका हुन् । बिजय स्वर्ण जित्ने क्रममा कुल ९.४८ अंक जोडे । त्यस्तै पुरुषतर्फको यो विधामा बंगलादेशका मोहम्मद ओमरले रजत जिते भने श्रीलंकाका सौम्य प्रभाकरले काँस्य जिते ।

त्यसैगरी महिलातर्फ सुस्मिताले स्वर्ण जित्ने क्रममा ९.४४ अंक जोडिन् । महिलातर्फ रजत भने श्रीलंकाकी पिएचजी वाथसालाले हात परिन् । त्यस्तै काँस्य पदक बंगलादेशकी नुर बहर बेगमले जितिन् ।

(तस्विर : अनलाइनखबरबाट सांभार)


प्रतिक्रिया दिनुहोस

Loading...