राष्ट्रिय घोडचढी शुक्रबार

काठमाडौं (खेलदैनिक) । नेपाल घोडचढी संघको आयोजनामा सातौं राष्ट्रिय घोडचढी प्रतियोगिता शुक्रबार हुने भएको छ । एकदिने प्रतियोगिता टुंडिखेलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष रवि राजकर्णिकारले जानकारी गराए ।

प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...